रौतहटको कटहरिया म्युजिकल एफ एम दोस्रो बर्षमा प्रवेश

सागर संगम ठाकुर । रौतहट असोज १ गते

रौतहटको कटहरियाबाट संचालन भइरहेको रेडियो कटहरिया म्युजिकल एफ एम ९७.४ मेगाहर्ज शुक्रबार देखि दोस्रो वर्षमा प्रवेश गरेको छ ।
२०७७ साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो शुक्रवार बाट दोस्रो वर्षमा प्रवेश गरेको रेडियोका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए ।
रेडियोले प्रशारण आरम्भ गरेको एक वर्ष पूरा भई दोस्रौं वर्षमा प्रवेश गरेको अवसरमा सुक्रवार ९आज० दिउसो तिन बजेको समयमा धुमधामसँग विश्वकर्मा बाबाको पूजा गरिएको छ ।
रेडियोले बिहान साढे ४ बजेदेखि राती ११ बजेसम्म निरन्तर प्रशारण हुदै आइरहेको छ ।
यस रेडियाबाट नेपाली, भोजपुरी, हिन्दी र मैथली, भषाका गित संगितहरु प्रशारण हुदै आईरहेको छ ।
एफ एमले बिहान र बेलुकी सात बजे स्थानिय भाषामा बज्जिका खबर डायरी ,बिहान साढे पाच बजे प्रभातकालिन कटहरिया समाचार डायरी र दिउसो एक बजे कटहरिया न्युज बुलेटिन प्रशारण गरिदै आएका छन । त्यस्तै बिहान सवा नौ बजे कार्यक्रम भोजपुरिया झटका,११ बजे चाचा ४ सय बिस,दुई बजे फिल्मी मस्ती र बेलुकी ४ बजे कार्यक्रम रिक्वेस्ट आवर प्रशारण गरिदै आएको छ ।
कटहरिया म्युजिकल एफ एमले आफना श्रोता समक्क्ष सत्य तथ्य र बिश्वश्निय समाचार प्रशारण गरिने प्रति पुणःप्रतिबध रहेको एफ एमका प्रबन्ध निर्दिशक प्रकाश श्रेष्ठले बताउनु भयो ।

16 Push 077 final


रेडियो आउने दिन अझ श्रोताहरुको मनमस्तिकमा बस्न सफलहोस भने यसको उत्तरोतर प्रगतिको लागि एफ एमका संचालक एवं रौतहट क्षेत्र नं। ३ का पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्र कामना गर्नु भयो ।
यस रेडियो बाट प्रशारण भई रहेको बज्जिका खबर डायरी तथा बिभिन्न कार्यक्रमहरु बारा जिल्लाका बिभिन्न रेडियो र रेडियो कलैया १०१।७ मेगाहर्ज र गौर बाट प्रशारण हुने रेडियो कोहिनुर ८७।७ मेगाहर्जले सहकार्य गरेर स्थानीय समाचार समेत प्रशारण गर्दै आइरहेका छन ।


बिश्वकर्मा पुजा र पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रबेश गरेको अपसरमा कार्यक्रममा कटहरिया नगरपालिका नगर प्रमुख शियाराम कुश्वाहा ,कटहरिया नगरपालिका वडा ६ का वडा अध्यक्ष शम्भुकान्त यादव, ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता ,३ का वडा अध्यक्ष उमेश यादव र जनता माबी कटहरियाका प्रधानाअध्यापक योगेन्द्र कुह्वाहा, बहमुखी क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादव,शिक्षक कपिलदेव यादव,माबि भषेढवाका प्रअ सचिन्द्र प्रसाद यादव र बिभिन्न स्थानिय तहका प्रमुख उपप्रमुखको साथै कर्मचारीहरुको उपस्थिती रहेको थियो ।